१५ असार २०८३, सोमबार | June 29, 2026

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने



बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा रैथाने सीप कला तथा उत्पादन प्रदर्शनी हुने भएको छ । ‘हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको शान रैथाने सीप र कलाको जर्गेना हाम्रो अभियान’ भन्ने नारासहित यहीँ वैशाख ५ गते जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रुपन्देही र रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन । एक दिने प्रदर्शनीमा ५० भन्दा बढी स्टल निःशुल्क रुपमा प्रदान गरिने छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष रेवन्त विश्वकर्माले आधुनिकताको नाममा देशका रैथानी सीप कला हराउँदै गएकोले त्यसको संरक्षण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार प्रदर्शनीमा मौलिक खाद्य परिकारसहित स्थानीय उत्पादन र व्यवसायीबीच समन्वय तथा बजार विस्तारका लागि प्लेटफर्म प्रदान हुनेछ ।

रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष मान बहादुर वीकेले प्रदर्शनीले लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार सांस्कृतिक सम्पदा प्रति जनचेतना अभिवृद्धि तथा स्थानीय रोजगारी र आर्यआर्जनमा टेवा पुग्ने बताए । देशको कूल ग्राहस्त उत्पादन (जीडीपी) मा रैथाने सीप कलाको ५ प्रतिशत योगदान समेत रहेको बताउदै डा. वीकेले समुदाय स्तरबाट काठमाडौं बाहिर यस्तो प्रदर्शनी हुने लागेको बताए । अब रैथाने सीपलाई शिक्षासँग पनि जोडन आवश्यक रहेको उनको भनाइ छ ।

प्रदर्शनी बुटवल ट्राफिकचोकस्थित हुनेछ । जहाँ हरेक शनिबार खस्यौली बजार सञ्चालन हुँदै आएको छ । खस्यौली बजारका अध्यक्ष समुन्द्र घिमिरेले आफूहरुले हरेक हप्ता खस्यौली बजारमा पुराना र रैथाने वस्तुहरु विक्री वितरण गर्दै आएको बताउदै पुराना सीप जीवन र स्वास्थ्यसँगै जोडिएका उपयोगी रहेकोले यसको संरक्षणमा सबैको चासो आवश्यक रहेको बताए ।

पछिल्लो जेनजी आन्दोलनले नेपालका सम्पदामा ठूलो क्षति पुगेको छ । इन्द्रेणी सांस्कृतिक कला केन्द्रका अध्यक्ष कृष्ण कंडेलले देशको कला संस्कृतिसँगै सीप र उत्पादन पनि जोगाउन लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ३ : ३३ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि