२६ असार २०८३, शुक्रबार | July 10, 2026

रास्वपाले टुङ्ग्यायोे संसदीय समितिका सभापतिको उम्मेदवार (सूचीसहित)

मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदको संसदीय समितिको सभापतिहरुका लागि पार्टीको उम्मेदवारको टुङ्गो लगाएको छ । बिहीबार सिंहदरवार स्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्गो लगाएको हो ।

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय गर्दै अन्य सबै समितिमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।

संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

रास्वपाको आज बसेको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ११ बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।