१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संसदीय समितिका सभापतिको निर्वाचन आज



काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापति चयनका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समिति र २ संयुक्त समितिका सभापति चयन आज दिउँसो १ बजे बस्ने छुट्टाछुट्टै बैठकबाट गरिनेछ ।

समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । शिक्षा तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा दुई-दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समितिमा एकल उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेका समितिहरूमा कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको उम्मेदवारी परेको छ ।

यसैगरी, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठको एकल उम्मेदवारी परेको छ । ती सबै समितिमा एकल उम्मेदवारी परेकाले सभापति निर्विरोध चयन हुने भएका छन् ।

यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिमा रास्वपाका गणेश कार्की र नेकपाकी मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ४१ बजे

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने