बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष २०८३ सालको भित्तेपात्रो बिमोचन तथा नेपाल होटल ब्यवसायी महासंघमा निर्वाचत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
एक समारोहका बिच नेपाल होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले भित्तेपात्रो बिमोचन गर्दै पर्यटनसंग जोडिएको होटल ब्यवसायप्रति सरकारको दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको औल्याए ।
हरेक काममा सफलता र असफलता दुबै मिल्ने भन्दै उनले महासंघ स्थापनाबारे प्रकाश पारे । संस्था संचालनको विधि विधान हुनुपर्ने भन्दै उनले यसको जगमा अडिएर अघि बढ्न समेत आग्रह गरे । संख्याका हिसाबमा संस्थाहरु अधिकारबाट बन्चित भएको उदाहरणा दिदै उनले सरकारमा पहुचको प्रणालीको अन्त्य हुनुपर्ने बताए । ‘होटल एशोसियसन अल नेपाल (हान) मा साढे चार सय र महासंघमा १ लाख ५० हजार बढी ब्यवसायी आवद्घ छन ।’-उनले भने ।
यसैबिच कार्यक्रममा नेपाल होटल ब्यवसायी महासंघको १३ औ साधारण सभा तथा पाचौ अधिवेसनबाट निर्वाचित उपाध्यक्ष मोदनाथ बेलबास, महासचिव राजेश महोत्रा, सचिव लाल बहादुर केसी, सदस्य लेखनाथ भण्डारी, शिव पोखरेल, रामप्रसाद पोखरेललाई सम्मान तथा कार्यकालको सफलताको शुभकामना दिईएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले ब्यवसायिक हकहितसंगै संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धिमा आफुहरु निरन्तर लाग्दै आएको बताए । विगतबाट नै उठाउदै आएको ब्यवसायीहरुको मागलाई संस्थागत रुपमा अघि बढाउनतर्फ लाग्न केन्द्रिय समितिलाई उनले आग्रह गरे ।
कार्यक्रममा महासंघका महासचिव राजेश मलहत्राले संस्थागत सुधार, पार्दशिताका विषयमा पहल थाल्ने उनले प्रतिवद्घता जनाए। पर्यटन क्षेत्रका अभियान चलाउन स्थानिय सरकारसंग पहल थालेर नीजिसंस्थाहरु लाग्नुपर्ने उनले सुझाव दिए । विभिन्न समयमा ब्यवसायीहरुको पक्षमा हुने कठिनाईलाई समाधानका उपाय खोज्ने गरि कानुनी हेल्प डेक्स स्थापना आजको आवश्यकता भएको उनले बताए ।
कार्यक्रममा संघका सल्लाहकार समुन्द्र जिसि, देविकुमार श्रेष्ठ, महासंघका प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, महासचिव केशव कंडेल, संयोजक सन्तोष खड्काले आफुहरुलाई उद्योग सरहको मान्यता दिन सरकारसंग संस्थागत रुपमा माग राख्ने बताए । आफुहरु खाद्यश्रृखलाको वितरक र उपभोक्ता दुबै भएको हुदा पनि भ्याट र करको समस्या रहेको जसलाई समाधानमा सरकारको पहल जरुरी रहेको बताए ।


















प्रतिक्रिया