१५ असार २०८३, सोमबार | June 29, 2026

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान



वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार कार्य आइतबार बिहानैदेखि सुरु गरिएको छ।

गण्डक चोकदेखि भारत सीमास्थित मितेरी पुलसम्मको सडक खण्ड विस्तारका लागि बिहान साढे ४ बजेदेखि सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घर तथा संरचनाहरूमा डोजर चलाइएको हो।

सडक डिभिजन कार्यालय हेटौंडाको समन्वयमा सञ्चालन गरिएको अभियानमा ९ वटा हेभी उपकरण र वीरगञ्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ। मुख्य सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने सबै संरचना हटाइने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वसूचना जारी गर्दै सम्बन्धित पक्षलाई समयमै संरचना खाली गर्न निर्देशन दिएको थियो। कतिपय व्यापारीहरूले अग्रिम रूपमा सामान हटाउँदै सेलसमेत लगाएका थिए।

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते मेनरोड विस्तारविरुद्ध परेको रिट खारेज गरेपछि लामो समयदेखि अवरुद्ध रहेको यो परियोजना अघि बढेको हो। करिब १३ वर्षदेखि विभिन्न अवरोधका कारण रोकिएको सडक विस्तार अब कार्यान्वयनमा गएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सुरक्षा निकाय, महानगरपालिका र सरोकारवाला पक्षसँग समन्वय गरेर अभियान अघि बढाइएको छ। महानगर प्रमुख राजेशमान सिंहले अदालतको आदेशअनुसार सडक अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको बताएका छन्।

 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : ३७ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि