१० भदौ २०८३, बुधबार | August 26, 2026

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेको महामन्त्री प्रदिप पौडेलले जानकारी दिए।

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेपछि सभापति थापा खड्कालाई भेट्न उनकै निवास पुगेका हुन् । खड्काको अध्यक्षतामा शनिबार मात्रै १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।

बैठकले पार्टी जिम्मेवारी अब गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थापाको काँधमा पुगेको निष्कर्ष निकालेको थियो।

आफूहरुले सम्मानजनक स्थान नपाएमा छुट्टै पार्टी गठन गर्नेसम्मका कुरा खड्का नेतृत्वको बैठकमा उठेको थियो। त्यो बैठक लगत्तै खड्कालाई भेट्न सभापति उनकै निवासमा पुगेका हुन्।

थापाको सचिवालयले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलमा भएका विषयबारे भने जानकारी गराएको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ४८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक