६ भदौ २०८३, शनिबार | August 22, 2026

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा



ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ ।

स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुुमार थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गरे ।

“अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ, पहिलो नेपाली राजनीति, गणतन्त्र र सङ्घीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास र चौथो विषय युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहनेछन्”, सभापति थापाले भने ।

सभापति थापाले प्रदीप गिरिलाई सम्झनु भनेको केवल उनका विचारहरू स्मरण गर्नु मात्रै होइन भन्दै स्व गिरिले जीवनभर रोज्नुभएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्ने भावनाका साथ हामी ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिएको जानकारी गराए ।

‘‘प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए, समाजको सबैभन्दा कमजोर, सीमान्तकृत र पछाडि पारिएका नागरिकको पक्षमा निर्भीकतापूर्वक उभिने उहाँको प्रतिबद्धता त्यत्तिकै महत्त्वपूर्ण थियो, यिनै दुई मूल भावनालाई केन्द्रमा राखेर हामीले यो फेलोसिपलाई विचार, अध्ययन र अनुसन्धान तथा कर्म, न्याय र अभियानु गरी दुई आधारमा अघि बढाएका छौँ’’, सभापति थापाले भने । उनले कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उनका विचारलाई स्मारकमा मात्र सीमित गर्नु होइन भन्दै नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गर्नुभएको बताए ।

उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरि विचारको विश्वविद्यालय भएको बताए । “विसं २००७ देखि मन्त्री बन्नेहरूको नामावली धेरै होला, तर त्यो नामावलीमा उहाँ भेटिनु हुन्न, मन्त्री नभए पनि उहाँ धेरै मानिसले सम्झना गर्ने र सुन्ने व्यक्ति हुनुहुन्छ, संसद्मा बोलेका र कार्यक्रममा बोलेका भिडियोहरू सुन्दा पनि धेरै कुरा थाहा हुन्छ”, उपसभापति शर्माले भने ।

स्व गिरिका भाइ शेखर गिरिले स्व आफ्ना दाजु प्रदीप गिरि सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उनी सादगी र साहाकारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी रहेको बताए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ९ : २१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र