२७ भदौ २०८३, शनिबार | September 12, 2026

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग



काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन र कारबाही गर्न माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार जारी प्रेस वक्तव्यमा संगठनले मन्त्री गुरुङलाई पदबाट हटाई पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो । पदमै रहँदा छानबिन निष्पक्ष हुन नसक्ने भन्दै यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने उल्लेख गरिएको छ ।

वक्तव्यमा मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन सम्भव नहुने भन्दै यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरिएको छ ।

संगठनले बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै मन्त्रिपरिषद् गठनलाई गम्भीर राजनीतिक तथा नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरेको छ । हचुवाका आधारमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्नेमा जोड दिएको छ ।

जेनजी मुभमेन्टले वर्तमान सरकार ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिँदै संगठनले दोषी जो-कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ । पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिइएको छ ।

उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले जारी गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : २८ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी