८ कार्तिक २०८३, आइतबार | October 25, 2026

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो



गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो ।

नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।

यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो । सर्वेक्षणका क्रममा नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।

गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराको मुख्य बासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा फेलापरेका हुन् । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चरा फेलापरेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ०३ बजे

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ