१५ असार २०८३, सोमबार | June 29, 2026

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् ।

निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

प्रदेशस्तरमा संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनका उम्मेदवारहरूको सहभागिता रहनेछ ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् भने आज कोशी प्रदेशमा छलफललाई निरन्तरता दिन लागिएको हो ।

समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्मको संगठनात्मक अवस्था, चुनावी नतिजा, कमजोरी र सुधारका सम्भावनाबारे सुझाव संकलन गरिने अपेक्षा गरिएको छ । साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता र १५औँ महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ८ : ०६ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि