४ श्रावण २०८३, सोमबार | July 20, 2026

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा



काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक ले एम बि एल आइटी कर्जा नामक नयाँ कर्जा योजना अगाडी सारेको छ ।

सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य सहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।

साथै, यस कर्जाले नेपालका आईटी÷सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ ।

यस योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी÷सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरु पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ । यस्ता कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा,साइबर सुरक्षा, फिनटेक, एआई, मेशिन लर्निङ जस्ता क्षेत्रमा काम गर्ने हुनुपर्नेछ र कम्तीमा दुई वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : २२ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री