८ भदौ २०८३, सोमबार | August 25, 2026

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान



बागलुङ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ ।

ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न रु दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले बताए ।

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि अनुदान दिइएको उनले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ५५ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा