१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते



तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले बताए । त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३४ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता