१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते



तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले बताए । त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३४ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम