१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

वर्षाले जलेश्वर जलमग्न



जलेश्वर । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।

पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ । जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् ।

सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ । जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ३ : ०० बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या