२० भदौ २०८३, शनिबार | September 5, 2026

पोखरा सभागृह पुनर्निर्माण गरिने



पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ ।

करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको उनले जानकारी दिए । “कुल करिब रु २९ करोड लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,” उनले भने, “दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।”

पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दैै उनले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताए ।

पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : २५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार