१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सरकारी कार्यक्रम अब होटलमा होइन, कार्यालयभित्रै सञ्चालन गर्नुपर्ने



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका सबै निकायलाई कार्यक्रम सञ्चालनमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार परिपत्र जारी गर्दै सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयलाई सरकारी खर्चलाई उपलब्धिमूलक र खर्च घटाउने दिशामा काम गर्न आग्रह गरेको हो ।

निर्देशनअनुसार अब कुनै पनि सरकारी कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनारलगायत कार्यक्रम होटल वा रिसोर्टमा सञ्चालन गर्न पाउने छैनन् । यस्ता कार्यक्रम अनिवार्य रूपमा सम्बन्धित कार्यालयभित्र रहेका सभाहल, बैठक कक्ष वा सरकारी संरचनाभित्रका तालिम कक्षमै सञ्चालन गर्नुपर्नेछ ।

मन्त्रालयले यस कदमले अनावश्यक खर्च कटौती भई सार्वजनिक स्रोतको प्रभावकारी उपयोग हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : ०३ बजे

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री