१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरको तीनदिने भ्रमण सम्पन्न भएर फर्किएलगत्तै गोर नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने हालसम्म औपचारिक भेटघाटको कार्यतालिका तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गोर बङ्गलादेश, भुटान, श्रीलंका र काजकिस्तानलगायत देशको भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् । उनको नेपाल भ्रमण लगानी विस्तार र आर्थिक सहकार्य सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : ४६ बजे

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न