१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेका विभिन्न कम्पनीका संस्थापक सेयरधनीहरूको विस्तृत विवरण माग गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूको स्थापना क्रममा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूलाई आवश्यक कागजातसहित विवरण पेश गर्न आग्रह गरेको हो। अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि उक्त विवरण आवश्यक परेको विभागले जनाएको छ।

सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीमा संस्थापनाकालमा सेयर खरिद गर्नेहरूसँग विवरण माग गरिएको छ।

विभागका अनुसार बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने क्रममा संस्थापकहरूले चुक्ता पूँजीबाहेक प्रिमियमस्वरूप विभिन्न व्यक्ति वा संस्थाका बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको हो। “के कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन” सूचनामा भनिएको छ।

विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्तिहरूलाई कार्यालयमा उपस्थित भई वा आवश्यक कागजातसहित विवरण बुझाउन निर्देशन दिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ३ : ०१ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन