१२ असार २०८३, शुक्रबार | June 27, 2026

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाप्रति बल्ल दुःख व्यक्त गरेको छ ।

दुर्घटनाको तीन दिनपछि पार्टी प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ। झाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विज्ञप्तिअनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको हो। करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त जिप दुर्घटनाले ठूलो मानवीय क्षति भएको जनाइएको छ।

रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उद्धार कार्यमा खटिएका सुरक्षा निकाय र टोलीहरूको साहस, समर्पण र मानवीयताको उच्च प्रशंसा गरिएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै पार्टीले नेपालको सडक सुरक्षाको अवस्थाबारे पुनः प्रश्न उठाएको छ। “यस्ता दुर्घटना केवल तथ्यांक होइनन्, नागरिकको जीवनसँग जोडिएका संवेदनशील यथार्थ हुन्,” विज्ञप्तिमा भनिएको छ।

रास्वपाले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ। नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु आवश्यक रहेको पार्टीको ठहर छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : ५९ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३