१८ भदौ २०८३, बिहिबार | September 3, 2026

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै



काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्को को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा सम्पन्न पत्रकार सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेपछि संयुक्त राष्ट्रसंघ ले सन् १९९३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।

यस वर्षको नारा ‘शान्तिमा भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ । यो नाराले पारदर्शिता अभिवृद्धि, गलत सूचनाको प्रतिरोध र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा पत्रकारिताको महत्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन तथा नागरिकलाई स्वतन्त्र रूपमा विचार व्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ । यसका लागि सञ्चार माध्यमहरूले अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

राष्ट्रसंघको निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ५३ बजे

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have