१४ असार २०८३, आइतबार | June 28, 2026

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो



काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका बेला धोबीखोलास्थित एक साततले घरमा गरिएको आंशिक भत्काइ कारबाहीले नयाँ विवाद सिर्जना गरेको छ।

धोबीखोलामा इन्द्र चाम्लिङको स्वामित्वमा रहेको चर्चित साततले घरको अगाडिको भागमा डोजर चलाइएको छ। सरकारी जग्गा मिचिएको तथा मापदण्ड उल्लंघन भएको भन्दै घरको अगाडिको संरचनामा क्षति पुर्‍याएको हो। दुईवटा डोजर प्रयोग गरेर पाँच तल्लासम्म सिसा फुटाउने र गाह्रो कोतर्ने काम गरिएको थियो।

तर, पूर्ण रूपमा घर नभत्काई अगाडिको भागमा मात्रै क्षति पुर्‍याएर डोजर फर्काइएपछि अन्योल बढेको छ। अब बाँकी संरचना घरधनी आफैंले भत्काउनुपर्ने वा नपर्ने भन्नेबारे सरकारी पक्षले कुनै स्पष्ट जानकारी दिएको छैन।

घरधनी इन्द्र चाम्लिङले भने आफूसँग कुनै समन्वय नगरी एकाएक डोजर चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो जग्गाको लालपुर्जा, घरको नक्सापास तथा अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेर वैधानिकताको दाबी गरेका थिए।
यस घटनाले सरकारको पछिल्लो डोजर अभियानमाथि थप प्रश्न उठाएको छ।

 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १ : २९ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)