२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस



काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरिएको थियो ।

महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरेको छ । साथै महासभाले सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तरराष्ट्रिय शान्ति तथा सुरक्षालाई मजबुत बनाउन एकताबद्ध प्रयास गर्न आग्रह गरेको छ ।

सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सम्बन्धित निकायलाई मे ८-९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्मानमा उपयुक्त रूपमा मनाउन आग्रह गरेको थियो । दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको अवसरमा सन् २०१० मे दोस्रो सातामा महासभाले विशेष शोकसभा पनि आयोजना गरिएको थियो ।

उक्त अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई “स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष भएको बताउँदै त्यो युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको मृत्यु भएको थियो । तीमध्ये झन्डै आधा सोभियत सङ्घका सैनिक थिए ।

दोस्रो विश्वयुद्धबाट विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्र तथा विश्वका अन्य भागका मानवजातिलाई अपूरणीय पीडा दिएको जनाउँदै महासभाले युद्धपछि मेलमिलाप, अन्तरराष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको प्रवद्र्धनमा भएको प्रगतिलाई उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

दोस्रो विश्वयुद्ध समाप्तिको ८० औँ वर्ष पूरा भएको अवसरमा गत वर्ष मे ७ मा महासभाले विशेष शोकसभा आयोजना गरेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ४९ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी