२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

रास्वपाको प्रशिक्षण विभागका प्रमुख विपिनकुमार आचार्यका अनुसार पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रशिक्षणमा प्रतिनिधिसभामा रास्वपाबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई संसदीय अभ्यास, नीति तथा समसामयिक विषयलगायत विविध विषयमा अभिमुखीकरण गरिने जनाइएको छ ।

पार्टीले प्रशिक्षण कार्यक्रममा सबै सांसदको अनिवार्य सहभागिता सुनिश्चित गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ८ : ०६ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै