२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै



काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ ।

यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ । यही महत्वलाई ध्यानमा राख्दै विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यस क्षेत्रलाई विशेष मान्यता तथा संरक्षण प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने स्थानीय क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’का रूपमा घोषणा गरेको थियो । त्यसैगरी, आर्गान रूखसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र संस्कृतिलाई सन् २०१४ मा युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।

यसैबीच, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले सन् २०१८ डिसेम्बरमा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रमा रहेको आर्गान–आधारित कृषि, वन तथा पशुपालन प्रणालीलाई विश्वका महत्वपूर्ण कृषि सम्पदा प्रणालीका रूपमा मान्यता दिएको थियो ।

त्यसपछि सन् २०२१ मा राष्ट्रसङ्घीय महासभाले मे १० लाई अन्तरराष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको हो । मोरक्कोद्वारा प्रस्तुत उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ११३ सदस्य राष्ट्रले स्वीकार गरेका थिए । यो स्वीकृतिसँगै मोरक्कोको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

आर्गान मुख्यतः मोरक्कोमा पाइन्छन् । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । साथै, आर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ११ : ३० बजे

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका