१६ भदौ २०८३, मंगलबार | September 2, 2026

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ ।

रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिए ।

अपराह्न ३ बजेदेखि सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख वक्ताका रूपमा विपद् उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डा गौरव सागर दवाडीले अनुशिक्षण गर्नेछन् ।

अन्तरक्रियामा जल तथा मौसम विज्ञान विभागको महानिर्देशक डा अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती, विपद् जोखिम न्यूनीकरण तथा मानवीय कार्यका लागि महिला मञ्चका प्रतिनिधि कृष्णा कार्की, समावेशी विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक विमल गदाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख अमृत श्रेष्ठले अनुभव आदानप्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ११ : ४९ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि