२६ आश्विन २०८३, सोमबार | October 12, 2026

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित



दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विपद्का कारण प्रदेशभर १ हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । १६ वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् ।

केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँच जनाको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने एक सय घर जोखिममा रहेका छन् ।

डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । ७० घर जोखिममा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका छन् । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् ।

मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका छन् । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

विपद्का कारण प्रदेशभर अनुमानित ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा पाँच लाख ६० हजार, बर्दियामा पाँच लाख ५७ हजार क्षती भएको छ ।

विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । ६ वटा गोठ पूर्ण र चार वटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशु चौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुम पूर्वमा एक/एक वटा पुलमा क्षति पुगेको छ ।

त्यस्तै, दाङ, रुकुम पूर्व र रूपन्देहीमा एक/एक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुम पूर्व र रूपन्देहीमा एक/एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पीईओसीले जनाएको छ । पाल्पामा दुई वटा सवारी साधनमा समेत क्षति भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ५७ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा