२८ बैशाख २०८३, सोमबार | May 11, 2026

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर



गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ ।
यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिनुभएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिए ।
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएकोले पर्वतारोहण पर्यटनमा गण्डकी प्रदेशको अग्रणी स्थान रही आएको छ ।
अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । समयसमयमा परिवर्तन हुने मौसमका कारण आरोहणका दृष्टिले धौलागिरि हिमाललाई कठिन हिमालका रुपमा लिइने नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले जानकारी दिए ।
“समयसमयमा हुने मौषमको परिवर्तनका साथै भौगालिक अवस्थिति धौलागिरि हिमाल आरोहणका लागि मुख्य चुनौती हो”, उनले भने, “यो हिमाल विशेष गरी जोखिमपूर्ण साहसिक हिमाल आरोहण रुचाउने आरोहीको रोजाइमा पर्ने गरेको छ ।”
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए।
पहिलो आरोहण भएको दिनको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीसहित विभिन्न सङ्घसंस्थाले प्रत्येक वर्षको मे १३ को दिनलाई धौलागिरि आरोहण दिवसका रुपमा मनाउँदै आएका छन् ।
यस वर्ष पनि मे १३ नजिकिँदै गर्दा यसको आरोहण दिवस मनाउनका लागि तयारी गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । धौलागिरि हिमाल आरोहणको ६६ औँ वर्ष पूरा हुँदै गरेका अवस्थामा यस वर्ष ६६ औँ धौलागिरि हिमाल आरोहण दिवस उक्त हिमाल जाने अन्तिम मुदी गाउँमा विशेष कार्यक्रमका साथ मनाउन लागिएको उनले बताए।
“धौलागिरि हिमालको महिमा र गरिमालाई उचो बनाउनुका साथै यस हिमालसँग जोडिएका गाउँहरूको पर्यटन प्रवद्र्धन गर्ने गरी हामीले कार्यक्रम तय गरेका छौँ”, उनले भने, “दिवसका अवसरमा यस वर्ष धौलागिरि हिमालको काखमा रहेका मुना गाउँ, मुदी गाउँ आदिसँगै यस क्षेत्रको पर्वतीय पर्यटनसहित पदयात्रा प्रवद्र्धन गर्न लागिएको हो ।”
दिवसकै अवसरमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गर्ने योजना रहेको उनले बताए। पछिल्ला समयमा पदमार्गहरू हराउँदै मासिँदै गएका अवस्थामा हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि चक्रीय पदमार्गलाई महत्वपूर्ण विकल्पका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ ।
चट्टानी पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि चक्रीय पदमार्गलाई साहसिक पदमार्र्गका रुपमा लिइन्छ । पछिल्ला समयमा २०६८ यता यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ३३ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य