१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दलको उपनेता मनोनीत गरेको छ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी अर्याललाई संसदीय दल नेता रामबहादुर थापाले उपनेताको जिम्मेवारी दिएका हुन्।

एमाले संसदीय दलको विधानअनुसार दल नेताले उपनेता चयन गर्ने व्यवस्था रहेको छ।

पार्टीका प्रमुख सचेतक ऐन महरले अर्याललाई उपनेता मनोनीत गरिएको जानकारी दिएका छन्। उनका अनुसार संसदीय दलको आन्तरिक व्यवस्थाअनुसार नेतृत्व टोलीलाई पूर्णता दिने क्रममा यो निर्णय गरिएको हो।

प्रतिनिधिसभामा २५ सांसद रहेको एमालेले प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई जिम्मेवारी दिइसकेको छ।

 

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : २४ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी