२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक रूपमा असंगत र लोकप्रियतावादी राजनीतिक शक्तिका रूपमा उदाएको टिप्पणी गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा कुनै वैज्ञानिक विचारधारामा आधारित राजनीतिक दल नभई आकस्मिक रूपमा बनेको महत्वाकांक्षी र अराजक समूहहरूको अस्थायी गठबन्धन भएको बताए ।

थापाले रास्वपाको राजनीतिक आधार लोकप्रियतावाद, भ्रम र विरोधाभासमा टिकेको आरोप लगाए । “यो बाहिरबाट आकर्षक देखिए पनि परिणामका हिसाबले घातक प्रवृत्ति हो,” उनले भने, “यो ग्ल्यामर र स्टन्टमार्फत राजनीति गर्ने शैली हो ।”

उनले रास्वपा चरम अवसरवादी र अस्थिर राजनीतिक प्रवृत्तिको प्रतिनिधि भएको दाबी गर्दै त्यसको उदय परम्परागत दलहरूको कमजोरी, सामाजिक सञ्जाल, एआई र अल्गोरिदमको प्रभाव तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिको परिणाम भएको टिप्पणी गरे ।

प्रतिनिधिसभा तथा संघीय सरकारमा प्रभाव स्थापित गरेपछि रास्वपाले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गरेको आरोप पनि उनले लगाए । बादलका अनुसार त्यसको उद्देश्य प्रशासन र न्याय प्रणालीमा एकल प्रभाव कायम गर्नु थियो ।

उनले रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा एकल नेतृत्व स्थापित गर्नु रहेको उल्लेख गर्दै त्यसलाई ‘कथित निलो क्रान्ति’ को रणनीतिसँग जोडे ।

बादलले रास्वपाको सफलतालाई जनताको लामो संघर्ष, बलिदान वा वैचारिक परिपक्वताबाट प्राप्त उपलब्धि नभई परिस्थितिजन्य राजनीतिक उभारको परिणाम भएको दाबी गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०१ बजे

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले