१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त



काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदबाट हटाइएको हो ।

यसअघि तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा राई प्रतिनिधिसभा सचिव नियुक्त भएका थिए । केही दिनअघि सभामुख अर्यालले राईलाई हटाउने उद्देश्यले उनीसँग स्पष्टीकरण मागेका थिए । राईलाई हटाएसँगै अब सभामुखले आफुअनुकुलको व्यक्तिलाई नयाँ सचिव नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ३३ बजे

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा