१७ असार २०८३, बुधबार | July 1, 2026

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति



काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पराजुलीले ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रतिकूल प्रभाव पार्ने भन्दै बारले सभामुखलाई पत्र लेखेको हो।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले पठाएको पत्रमा सांसद पराजुलीको अभिव्यक्तिले दुई तिहाइ बहुमत प्राप्त सरकारविरुद्ध कसैले बोल्न नपाउने भन्ने गलत र निरंकुश सन्देश दिन खोजेको उल्लेख गरिएको छ।

पत्रमा यस्तो धारणा लोकतान्त्रिक मूल्य, संवैधानिक सर्वोच्चता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको जनाइएको छ। बारले ‘दुई तिहाइका नाममा न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार हुनु लोकतन्त्रका लागि घातक’ भएको टिप्पणी गरेको छ।

बारले नेपालको संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले आफ्नो कर्तव्य निर्वाहका क्रममा गरेका कार्यका सम्बन्धमा संसद्मा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको स्मरण गराएको छ।

न्यायालय र न्यायाधीशको कार्यसम्पादनमा असर पर्ने खालका राजनीतिक टिप्पणीहरू आगामी दिनमा संसद्मा हुन नदिने व्यवस्था मिलाउन तथा आवश्यक रुलिङ गर्न नेपाल बारले सभामुखसँग आग्रह गरेको छ।

बारले स्वतन्त्र न्यायपालिका, विधिको शासन र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै न्यायपालिकाको गरिमामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : २७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा