२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी



बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गरेको भन्दै अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जेठ ३ गते आयोजना हुने विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार राजमार्ग चौराहाबाट सुरु हुने र्‍यालीमा ३० हजारभन्दा बढीको सहभागिता रहनेछ । र्‍याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत हुनेछ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू तथा रुपन्देहीका १६ वटै स्थानीय तहबाट सहभागिता रहने उनले बताए ।

संयोजक पौडेलले जेठ ३ गतेको प्रदर्शनपछि बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरी देशव्यापी आन्दोलनको आगामी रणनीति तय गरिने जानकारी दिए । हालसम्म २२ जिल्लाका प्रतिनिधिहरूसँग सम्पर्क भइसकेको र अन्य जिल्लाबाट समेत प्रतिनिधिहरू आउने तयारी भइरहेको उनले बताए । सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरी काम अन्तिम चरणमा पुगेको संघर्ष समितिले जनाएको छ ।

विघटित भूमि आयोगका अनुसार रुपन्देहीमा ७९ हजारभन्दा बढी घरपरिवारले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीका रूपमा नाम दर्ता गराएका थिए । त्यसमध्ये ५२ हजार घरपरिवारको जग्गा नापजाँच सम्पन्न भइसकेको छ ।

तत्कालीन भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले वर्तमान सरकारले आयोग खारेज गरेपछि लालपुर्जा वितरण प्रक्रिया रोकिएको बताए । उनका अनुसार रुपन्देहीमा सुकुम्बासीको संख्या देशमै दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ५५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त