२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

प्रवक्ता मानन्धरका अनुसार ०१ ५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ । उनले भन्छिन्, “काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईलाई आज कसरी सहयोग गर्न सक्छु ?” यति आवाज आएपछि बोल्ने पालो तपाईँको । तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ ? त्यो बोलेपछि एआईले जवाफ फकाउँछ ।

यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपाईँलाई हाम्रो एजेन्टसँग जोड्दैछु । यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ ।

वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ । प्रणाली सञ्चालनका विषयमा कुरा गर्दै प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर भन्छन्, “स्मार्ट वडा बनाउने क्रममा छौँ । सेवासम्बन्धी सूचना दिनु आधारभूत कुरा हो । प्रक्रिया अनलाइन प्रणालीमा आधारित बनाएर सर्भिस डेलिभरी टु होम कन्सेप्टमा अगाडि बढेका छौँ ।”

नागरिकतासम्बन्धी सिफारिसको विषयलाई उदाहरण दिँदै उनले भने, “नागरिकता सिफारिसका लागि चाहिने कागजागत र प्रमाणका विषयमा सेवाग्राहीलाई जानकारी भयो भने सबै डकुमेन्ट लिएर आउनुहुन्छ । डकुमेन्ट के चाहिन्छ भन्ने बुझ्न थप एकपटक वडामा आइरहनुपर्दैन ।”

नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ । १५ जनाले एकैपटक फोन गर्दा जवाफ दिन सक्छ । ज्येष्ठ नागरिक भत्ता वितरण वडाले प्रदान गर्ने सेवासम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ । पठाएको सूचना कसले पढ्यो । कसले सुन्यो । सुनेको हो भने कति समय सुन्यो । जस्ता विवरण हेर्न सकिन्छ । कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए भन्ने तथ्याङ्क विश्लेषण गर्न सकिन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ८ : ५२ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज