२ श्रावण २०८३, शनिबार | July 18, 2026

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण



काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३ औँ प्रतिवेदनको सारांशमा लेखिएको छ ।

संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौँमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थानले यसको पूर्ण लगत तयार नगरेकाले तयार गर्न र अन्य जिल्लामा अतिक्रमण भएको जग्गाको एकीकृत तथा अद्यावधिक लगत तयार गरी अतिक्रमित जग्गााको संरक्षण गरिनुपर्छ । संस्थान कार्यव्यवस्था विनियम, २०४९ को १७ (१) बमोजिम अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । संस्थानले विभिन्न ६८ जिल्लाअन्तर्गत पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३२० बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ७ : २९ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो