५ श्रावण २०८३, मंगलबार | July 22, 2026

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन



काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व सङ्कलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट रु दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ सङ्कलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ४८ लाख ७८ हजार तीन सय १८ सङ्कलन भएको छ ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत रु ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ सङ्कलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ सङ्कलन भएको थियो ।

मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम सङ्कलन भएको विभागले जनाएको छ ।

त्यस्तै, गत फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार, गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ११ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं