४ भदौ २०८३, बिहिबार | August 20, 2026

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी



मुस्ताङ । उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।
समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो ।
उक्त कार्यका एसियन कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग रु ३० लाख बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए। पठारको जमिन खनेर पाइपलाइनमार्फत नौ दिनको प्रयासमा परीक्षण सफल भएको हो ।
डिप बोरिङ प्रविधिबाट पानी निकालेपछि स्थानीय व्यापारीलाई सहज भएको छ । डिप बोरिङमार्फत पानी निकालिएपछि गाउँपालिकाका जनप्रतिनिधि कोरलानाका पुगेका थिए । यसअघि कोरलानाका व्यापारी पानीका लागि सीमापारी चीनबाट सहयोग माग्दै आएका थिए भने केही व्यापारीले १६ किमी दूरीको लोमान्थाङ–१ न्हेचुङबाट ट्याक्टरमार्फत ढुवानी गर्दै आएका थिए ।
नाकामा खानेपानी व्यवस्था भएपछि व्यापारी, पर्यटक तथा चालकलाई ठूलो सहयोग पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । खानेपानी सम्बन्धित निकायमा परीक्षण गरिने छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  २ : ३५ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब