३ श्रावण २०८३, आइतबार | July 20, 2026

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन



गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए ।

बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उनको भनाइ छ । चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ ।

“मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ”, प्रहरी निरीक्षक देवकोटाले भने, “जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन जाँच गर्दै आएको छ ।”

सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ७ : २८ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग