९ कार्तिक २०८३, सोमबार | October 26, 2026

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाउँदै दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध गरिएको भन्दै बारले विरोध प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनका क्रममा कानून व्यवसायीहरूले “न्यायको खोजी” र “स्वच्छ प्रक्रियाको खोजी” लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बारका अध्यक्ष विजय प्रसाद मिश्रले अदालत सबैका लागि खुला हुनुपर्ने बताउँदै मुद्दा दर्ता नगर्ने वा अनावश्यक रूपमा अल्झाएर राख्ने प्रवृत्तिको बारले सधैं विरोध गर्ने बताए ।

बारका अनुसार पछिल्लो समय संवैधानिक महत्वका विभिन्न रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी फर्काउने गरेको छ । साथै, त्यस्ता निर्णयविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगर्दा न्यायिक प्रक्रियामा अवरोध उत्पन्न भएको आरोप लगाइएको छ ।

यसैबीच, अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल भएको विषयप्रति पनि बारले कडा आपत्ति जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ३ : ३४ बजे

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका