६ भदौ २०८३, शनिबार | August 22, 2026

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाउँदै दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध गरिएको भन्दै बारले विरोध प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनका क्रममा कानून व्यवसायीहरूले “न्यायको खोजी” र “स्वच्छ प्रक्रियाको खोजी” लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बारका अध्यक्ष विजय प्रसाद मिश्रले अदालत सबैका लागि खुला हुनुपर्ने बताउँदै मुद्दा दर्ता नगर्ने वा अनावश्यक रूपमा अल्झाएर राख्ने प्रवृत्तिको बारले सधैं विरोध गर्ने बताए ।

बारका अनुसार पछिल्लो समय संवैधानिक महत्वका विभिन्न रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी फर्काउने गरेको छ । साथै, त्यस्ता निर्णयविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगर्दा न्यायिक प्रक्रियामा अवरोध उत्पन्न भएको आरोप लगाइएको छ ।

यसैबीच, अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल भएको विषयप्रति पनि बारले कडा आपत्ति जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ३ : ३४ बजे

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा