२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै



मुस्ताङ । छुसाङ-पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।

एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति ९सिएमसी०ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो । झण्डै नौ घण्टा पैदल दूरीको बारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि पा हुँदै लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्यापअन्तर्गत दुई समितिले अगलअलग रुपमा काम गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

छुसाङदेखि पासम्मको दूरीमा छुसाङ समिति र ताङ्ग्यादेखि पासम्मको दूरीमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको प्रमुख पौडेलले जानकारी दिए । उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्गको छुसाङदेखि पा हुँदै ताङ्ग्या पर्यटकीय पदमार्गको वैशाख १५ देखि पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य थालिएको एक्यापले जनाएको छ ।

पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारसहित कामकाजमा जनशक्ति परिचालन गरेको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार छुसाङलेखि पा हुँदै ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत सुधारलगायत कार्य दुई साताभित्र सम्पन्न हुने जानकारी दिए । बर्सेनि बर्खायामको वर्षाका कारण हुने भेलबाढी र पहिरोका कारण उक्त पदमार्ग भत्किने र बिग्रिने गरेको र पदमार्गलाई बर्सेनि मर्मत सुधारको कार्य गरिरहनुपर्ने प्रमुख पौडेलको भनाइ छ । छुसाङदेखि पा हुँदै ताङ्ग्या पदमार्गका कतिपय स्थानमा ग्याविक प्रोटेक्सन गरिएको छ भने पदमार्ग दुई स्थानमा काठेपुल निर्माण गरिन लागिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधिअनुसार दैनिक ज्यालादारी दिनेगरी पदमार्ग मर्मत सुधारको कामकाजमा खटाएको उनले बताए ।

पछिल्लो समय मुस्ताङका पर्यटकीय पदमार्ग सडक सञ्जालका कारण मासिँदै जान थालेका छन् । राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडकको विकासले यहाँका पर्यटकीय पदमार्ग मासिन थालेको हो । कालीगण्डकी करिडोर सडकको पश्चिम छुसाङ, तेताङदेखि पा हुँदै ताङ्ग्या जोड्ने उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय पदमार्ग हो । पछिल्लो समय त्यहाँको पर्यटकीय पदमार्ग बर्खायामको भेलबाढी र पहिरोले क्षति पु¥याउँदा उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक पदयात्रीले निकै ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने थियो ।

पदमार्गको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भन्दै विभिन्न ट्रेकिङ एजेन्सीलेसम्बन्धी निकायको ध्यानाकर्षण गराउँदै आइरहेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलले उपल्लो मुस्ताङ जाने छुसाङ-पा-त्याङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यले विदेशी पर्यटकको पदयात्रा सहज हुने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : २० बजे

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।