२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा



काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद-उल-अजहा) अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशमा लगातार ४ दिन सार्वजनिक बिदा पर्ने भएको छ । आगामी जेठ १४ गते बिहिबार परेको बकर ईदमा सार्वजनिक बिदा भएसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको हो।

विगतदेखि नै जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ भने त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार सार्वजनिक बिदा परेको छ ।

गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आउँदो जेठ १४ गते बिहीबार बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गृहका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

गृहले बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना समेत दिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १२ : ५० बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका