२५ असार २०८३, बिहिबार | July 9, 2026

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार



काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन नगरेका प्रधानमन्त्री वालेन्द्र शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहमा पनि चुप बस्ने भएका छन् ।

गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न आग्रहसहितको पत्राचार गरिएको छ ।

प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पठाइएको पत्रमा संविधानको धारा ६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था उल्लेख गर्दै गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गरिएको बताइएको छ ।

गणतन्त्र दिवस मूल समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ । विगतमा उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए । तर, प्रधानमन्त्री बनेपछि सार्वजनिक औपचारिक कार्यक्रममा नदेखिएका शाहले गणतन्त्र दिवसको राजनीतिक उत्सवमय कार्यक्रमलाई पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् ।

यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको संघीय संसद्को संयुक्त बैठकमा पनि प्रधानमन्त्री बालेनले सम्बोधन नगरी राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव मात्र सभामुखसमक्ष पेस गरेका थिए ।

त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले निरन्तर बैठक अवरुद्ध गर्दैआएका छन् । नीति तथा कार्यक्रममाथिको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता संसद्मा उपस्थित भएर प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री शाह हालसम्म सहभागी भएका छैनन् । विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेहि बन्नुपर्ने माग राख्दै निरन्तर संसदमा आवाज उठाउँदै आएका छन् । विपक्षी र आफ्नै रास्वपाका समेत केही सांसदको निरन्तर मागपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग भेटेर संसद्मा उपस्थित हुन अनुरोध गरेका थिए । तर प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्मा उपस्थित भएर जवाफ दिने’ बताएर पठाइदिएका थिए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १२ : ३७ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको