१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद ९इद–उल–अजहा०का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

अध्यक्ष दाहालले नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान भएको बताएका छन् ।

“यस्ता पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : ३४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति