१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवद्र्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आज बिहान आयोजना गरेको एक कार्यक्रममा उनले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे ।

नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उनले बताए ।

मन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध सन्तुलित, मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य भएको बताए ।

“परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई समयमै सेवा प्रदान गर्न म लागिपरेको छु । राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाएका छौँ । पहिले हप्तौँ लाग्ने राहदानी अहिले आवेदन दिएको दुई–तीन दिनमै र कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सक्ने अवस्थामा पुगेका छौँ”, मन्त्री खनालले भने ।

उनले विदेशमा रहेका नेपालीका समस्या सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब विदेशमा अलपत्र परेका वा समस्यामा परेका नेपालीले उक्त एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

उनले निर्वाचनपछि सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको बताउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिए। फजुल खर्च नियन्त्रण गर्न मन्त्रालय घटाइएको उनको कथन थियो ।

मन्त्री खनालले गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए ।

चक्रपथ विस्तारको सम्झौता चीनसँग भइसकेकाले अब निर्माणले गति लिने तथा गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी तत्काल काम थालिने उनले बताए ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले सङ्घीय सरकारसँगको सहकार्यमा गोँगबु–टोखा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू लागिपरेको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ३ : ०४ बजे

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको

आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित : उपत्यका मेयर्स फोरम

काठमाडौं । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित