२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने



काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ ।

दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।

अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए ।

आजमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौँसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ ।

विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ ।

कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन-चार दिन शीतल महसुस हुने सम्भावना छ ।

उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।

विभागका अनुसार शुक्रबार देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : १८ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा