१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यासअनुसार आज बजेट सार्वजनिक हुन लागेको हो ।

नयाँ सरकार गठनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थमन्त्री वाग्लेले पहिलो पटक बजेट प्रस्तुत गर्न लागेका हुन् । अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा रास्वपाको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको भए पनि सरकारले त्यसभन्दा उल्लेख्य ठूलो आकारको बजेट ल्याउने तयारी गरेको स्रोतहरूले बताएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटको आकार २१ खर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ ।

सरकारले आगामी वर्ष भौतिक तथा डिजिटल पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको बताइएको छ । सडक, ऊर्जा, सूचना प्रविधि, डिजिटल सेवा विस्तार तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने योजना बजेटमार्फत घोषणा हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाह सुधार, प्रशासनिक दक्षता अभिवृद्धि तथा कर्मचारीको तलब–सुविधामा समेत सम्बोधन हुने संकेत देखिएको छ । नयाँ सरकारले विकास निर्माणलाई तीव्रता दिने र आर्थिक गतिविधि विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित बजेटको आकारमा सम्झौता नगर्ने नीति लिएको स्रोतको दाबी छ ।

आर्थिक सुस्तता, न्यून पुँजीगत खर्च, राजस्व संकलनको चुनौती र रोजगारी सिर्जनाको दबाबका बीच सार्वजनिक हुन लागेको यस वर्षको बजेटले सरकारको विकास दृष्टिकोण, वित्तीय अनुशासन र आर्थिक पुनरुत्थानको मार्गचित्र कस्तो प्रस्तुत गर्छ भन्नेमा सर्वत्र चासो केन्द्रित भएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : २१ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई