२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

ओझलमा ऐतिहासिक ढोलथान



म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ ।

विसं १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा बिलय भएको समय अर्थात् विसं १८४३ सम्म ढोलथानमा राज्यको राजधानीको रूपमा रहेको थियो ।

ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक हिसाबले रमणीय सो स्थान पछिल्लो सयम विकास पूर्णाधार, सहज सडक पहुँत तथा प्रचारप्रसारको कामीले ओझेलमा परेको स्थानीय भेषबहादुर सेनले बताए । “संरक्षण र आवश्यक प्रवर्द्धनको अभावमा ढोलथानको ऐतिहासिक महत्त्व र प्राकृतिक विशेषता स्थानीयस्तरमै सीमित भएको छ”, उनले भने, “यहाँसम्म पुग्ने सडक स्तरोन्नति, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सकेमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना छ । यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।”

समुन्द्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको ढोलथानबाट धौलागिरी, अन्नपूर्ण, निलगिरि, बराहशिखर, माछापुच्छ्रे हिमशृङ्खला, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका ग्रामीण बस्ती तथा पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । यहाँ तत्कालीन दरबारका भग्नावशेषका साथै १६औँ शताब्दीका ऐतिहासिक सामग्रीहरू पनि छन् ।

भत्किएको दरबार र वरपरका भग्नावशेषलाई सङ्घीयतापछि बेनी नगरपालिका र प्रदेश सरकारको सहयोगमा संरक्षण गरी उद्यान बनाइएको छ । यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सडक, पदमार्ग र उद्यान निर्माण गरेर प्रवर्द्धन गर्ने योजना रहेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

“विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारलाई योजना तथा बजेट मागेका छौँ”, उनले भने, “ढोलथान पुग्ने सडकलाई सहज बनाउन प्राथमिकताका साथ पहल गरेका छौँ । यदी त्यो कार्यान्वयन भएमा यसले पर्यटकीय गन्तव्यको रूप धारण गर्ने विश्वास छ ।”

यहाँ प्रदेश सरकारको सहयोगमा सार्वजनिक शौचालय, पदमार्ग र बगैचा निर्माण गरेर उद्यान बनाइएको छ । बेनी नगरपालिकाले पदमार्ग र प्रतिक्षालय निर्माण गरेको छ ।

बेनीदेखि पुलाचौर नयाँगाउँ हुँदै ४५ मिनेट, तोरीपानी, ढावा हुँदै एक घण्टा १५ मिनेट सवारीसाधनको यात्रामा ढोलथान पुगिन्छ । बेनीदेखि गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, ढडेकोट दरवार जोड्ने पदमार्गको यात्राका क्रममा अन्य धार्मिक र पर्यटकीयस्थल भ्रमण गर्न सकिन्छ । पैदलयात्रा गरेर बेनीदेखि दुई घण्टा ३० मिनेटमा ढोलथान पुग्ने गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १० : १२ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको