२८ असार २०८३, आइतबार | July 12, 2026

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १८५ रुपैयाँले सस्तो हुँदै प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ११ : ४७ बजे

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित