२९ भदौ २०८३, सोमबार | September 14, 2026

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो



कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।

अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका-८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।

दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत-हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको साथै सडक साँघुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएकोसहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्मा बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ८ : १६ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको