३१ भदौ २०८३, बुधबार | September 16, 2026

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे



जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रुपमा पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारी काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ । उपचारका लागि अस्पतालमा पुग्नेमध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले जानकारी दिए ।

महोत्तरीमा विषरहित ढोरिया र हरहरा तथा विषालु सबैभन्दा बढी करेत र गोमन सर्पहरु बढी पाइने गरेको छ । गत वैशाख महिना मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुगेकामा जेठमा त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ ।

महोत्तरीका १० वटै नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम रहेको छ । अस्पतालमा सीमापारी भारतको विभिन्न ठाउँठाउँबाट पनि बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएकोछ । अस्पताल प्रशासनका अनुसार सर्पले डसेको बिरामीलाई दिइने एन्टिभेनम (औषधि) पर्याप्त मात्रामा रहेकाले उपचारमा समस्या भने रहेको छैन ।

अस्पतालमा आइसियु कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचार गर्न अन्य अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यता भने रहेको देखिन्छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : ४६ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।