४ असार २०८३, बिहिबार | June 18, 2026

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो



भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो ।

प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन् । जसमध्य १५४ वटा दुर्घटना चालककै चरम लापर्वाहीका कारण भएको देखिएको छ । यसको तुलनामा सडकको दूरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । यसले सडक र प्रविधिभन्दा मानवीय त्रुटि निकै उच्च रहेको पुष्टि गर्छ ।

यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका दुई हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १० : ०७ बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि

पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीलाई

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा